काठमाडौं । लामो रस्साकस्सी पछि नेपाली कांग्रेसले विधानमा सहमति जुटेको छ । अब उपसभाति र महामन्त्री २र२ जना हुनेछन् भने सहमहामन्त्री ७ जना रहनेछन् ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार भएको सहमतिअनुसार कोषाध्यक्षबाहेक सबै पदाधिकारी अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने छ। कोषाध्यक्ष पनि निर्वाचित केन्द्रीय सदस्य मध्येबाट सभापतिको प्रस्तावमा केन्द्रीय समितिले छान्ने भएको छ । नेताहरुका अनुसार सहमहामन्त्रीमा आरक्षण हुनेछ ।
महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु र मुस्लिम कोटाबाट ७ जना चुनिनेछन् । कांग्रेसमा अहिले सभापतिले मनोनित गरेका एक जना सहमहामन्त्री छन्। यसअघि सात जना रहेको कांग्रेस पदाधिकारी संख्या अब १३ पुग्ने भएको छ।
यसअघि नेताहरुबीच आठ सदस्यीय पदाधिकारी राख्ने सहमति भए पनि पदाधिकारीमा समावेशीता नभएको भन्दै केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वको बिरोध भएपछि छलफल लम्बिएको थियो। ४ दिनका लागि तोकिएको महासमिति बैठक पदाधिकारी संख्या, सभापतिको अधिकारजस्ता बिषयमा विवाद हुँदा लम्बिएर आज सातौं दिनमा आइपुगेको छ।
बिहीबार डेढ घण्टा बन्द सत्र चलेर स्थगित भएको बैठक केहीबेर अघिदेखि सुरु भएको छ। बन्द सत्रमा महासमिति सदस्यहरुले धारणा राखिरहेका छन्। महासमिति बैठक शनिबारसम्म चल्ने कांग्रेसले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
