कांग्रेस महासमिति बैठक लम्बियो, अब केन्द्रीय कार्यालयमा बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक लम्बिएको छ । मंगलबार नै सकिने कार्यसूची रहेको बैठकमा संशोधित विधानको मस्यौदा पेस हुन नसक्दा बैठक लम्बिँदै गएको हो ।

बुधबार पेस हुने भनिएको विधानको मस्यौदा पनि शीर्ष नेताहरुबीच सहमति नजुट्दा पेस हुन सकेन । बैठक अझै २ दिन लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Advertisement

रामशाह पथको एक पार्टी प्यालेसमा चलिरहेको महासमिति बैठक बिहीबारबाट भने सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा नै बस्ने भएको छ ।

शिर्ष नेताहरुबीच विधानका बिषयमा टुंगो लागिसकेको बताएपनि समावेशीलाई पनि पदाधिकारी दिनुपर्ने माग केहि केन्द्रिय सदस्यले राखेपनि विधान केन्द्रिय समिति बैठकमा पारित हुन सकेन् ।

More News last news
Loading...