कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाले फरक मोड लिँदै गएको छ ।
घटना भएको पाँच महिना पुग्न लाग्दा पनि दोषी पक्राउ पर्न नसकेका बेला निर्मलाकी आमा दुर्गादेवीले उक्त घटनाको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी देखिएकी छन् ।
दुर्गादेवीले मंगलबार सार्वजनिक न्यायविरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दर्ता गराएकी हुन् ।
प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उनको आरोप छ । सरकारी छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोपमा ८ कात्तिकमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको थियो ।
उनीहरुलाई सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त गरिएको थियो । यद्यपी अहिले उनीहरुले मन्त्रिपरिषदमा पुर्नवहालीका लागि निवेदन दिएका छन् । निवेदनमाथि निर्णय भइसकेको छैन ।
गएको साउन १० गते आफ्नो घरबाट साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी थिइन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
