एसिया प्यासिफिक समिटः राज्यको १३ करोड खर्च

काठमाडौँ । विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ ।

युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारका तर्फबाट भएको द्विपक्षीय वार्ता तथा उच्च अधिकारीको स्वागतका लागि ५५ लाख रुपैयाँ खर्च भएको हो ।

Advertisement

यो रकम क्रमशः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह र परराष्ट्र मन्त्रालयका नाममा निकासा भइसकेको अर्थका एक अधिकारीले बताए ।

‘सबै निकायबाट ३२ करोड माग भएको थियो,’ उनले भने, ‘तर माग गरेअनुसार बजेट निकासा भएन । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।

More News last news
Loading...