काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु।
यो समाचार आजको नागरिक दैनिकमा छ । त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’
प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन्।
उनले भने, ‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
