काठमाडौं । निर्मला पन्तको बलात्कारपछी हत्या प्रकरणमा संलग्न भएको आशंकामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार निर्मलाको हत्यापछि काठमाडौंमा लुकेर बस्दै आएका भीमदत्त नगरपालिकाका १८ बर्षीय प्रदीप रावललाई सिआईबीले मंगलबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।
बुधवार साँझ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अचानक केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्नुले पनी बहुप्रतिक्षित निर्मला बलात्कार तथा हत्या प्रकरणको पटाक्षेप हुन लागेको संकेत गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एक सुरक्षा अधिकारीले प्रहरी महानिरीक्षक बुधवार साँझ केन्द्रिय महाराजगञ्जस्थित अनुसन्धान ब्युरोको कार्यालयमा गएको पुष्टि गरेका छन् । निर्मलाको घर नजिकै स्थायी घर भएका रावल लागु औषध सेवनकर्ता समेत रहेको भनाई छ ।
प्रहरीले डिएनए परिक्षणका लागी रावतको ‘ब्लड स्याम्पल’ विधी विज्ञान प्रयोगशालामा पठाएको छ । कञ्चनपुर उल्टाखामकी १३ बर्षिया बालिका निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिकास्थित उखुबारीमा बलात्कारपछि हत्या भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
