काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिएको छ ।
तरुण दलले मंगलबार विज्ञप्ति जारी गर्दै एउटा विवादास्पद संस्थाले दिएको पुरस्कार ग्रहण गरेकोप्रति आपत्ति जनाउँदैं एपिएफले दिएको पुरस्कार फिर्ता नगरे देशब्यापी आन्दोलन चर्काउने चेतावनी दिएको हो ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को स्वीकृतिबिना पुरुस्कार ग्रहण गर्नु कानुनविपरीत रहेको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तरुण दलले कुनै पनि संस्थाबाट बिनाकारण पुरस्कारका नाममा यति ठूलो रकम ग्रहण गर्नु खुला कमिसन र भ्रस्टाचार भएको आरोप लगाएको छ। तरुण दलले कार्यक्रमको नाममा भएको खर्चको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
