अन्ततः सरकार आफ्नो निर्णयबाट पछि हट्यो, व्यापक बिरोधपछि जोर बिजोर प्रणाली हट्यो

काठमाडौं । अन्ततः चौतफी विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । उपत्यकामा बिहीबारदेखि सुरु भएको जोर बिजोर प्रणाली चौतर्फी बिरोधपछि हटेको हो ।

ट्राफिक प्रहरी महाशाखाले सूचना निकालेर गृह मन्त्रालयको निर्देशनमा शुक्रबार बिहान ११ः३० बजेदेखि जोर बिजोर प्रणाली हट्ने जानकारी गराएको हो ।

Advertisement

यसअघि एसिया प्यासिफिक समिटमा भाग लिन आउने पाहुनाको सवारीका लागि भन्दै बिहीबारदेखि आइतबारसम्म जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको थियो । जोर बिजोर प्रणाली लागू भएको पहिलो दिन बिहीबार काठमाडौंमा धेरै यात्रुले गाडी नपाएर सास्ती भोग्नुपरेको थियो ।

शुक्रबार बिहान पनि धेरै यात्रुले कष्ट भोगेका छन् । जोर बिजोर प्रणालीको चर्को आलोचना भएपछि यो निर्णयबाट पछि हट्न सरकार बाध्य भएको हो । 

More News last news
Loading...