कांग्रेस युवा नेता थापाले दिए सरकारलाई कडा चुनौती, जोर बिजोर प्रणालीको अबज्ञा गर्न आह्वान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले सवारी साधनमा लागू भएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न आह्वान गरेका छन् ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भिआईपीलाई सुरक्षा भन्दैं महानगरीय ट्राफिक महाशाखाले मंगलबार साँझ विज्ञप्ति निकालेर आजदेखि चार दिन उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने जनाएको थियो ।

Advertisement

सही कामको लागि सरकारले आह्वान गर्दा जोर बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्ने तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ भएको थापाले बताएका छन्।

गगनले ट्वीटरमा लेखेका छन्‘ सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं।’ ट्वीटरमा गगनले युथ कांग्रेस नेपालले जारी गरेको विज्ञप्ति पनि राखेका छन्।

भिभिआइपीहरूको सवारी व्यवस्था गर्न लागू भएको जोर बिजोर प्रणालीले नागरिकलाई भने सास्ती भएको छ।

More News last news
Loading...