सम्मेलनमा भाग लिन आङ सान सु की र हुन सेन काठमाडौँमा, उपप्रधानमन्त्रीले गरे स्वागत

काठमाडौँ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आज बिहान काठमाडौँ आइपुगेकी छिन् ।

नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।

Advertisement

यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौँ आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए ।

आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

More News last news
Loading...