संघीय संसदको हिउँदे अधिवेशन पुसको पहिलो हप्ताबाट सुरु हुने

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो हप्ताबाट सुरु हुने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सुरु हुने जानकारी दिए ।

Advertisement

बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले नेपाली कांग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो हप्ता अघि संसदको हिउँदे अधिवेशन बोलाउन सकिने अवस्था नरहको पनि स्पष्ट पारे ।

संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन संशोधन गर्ने सरकारको तयारी छ । उहाँले समितिको कामलाई प्रभावकारी बनाउन समय–सीमा नै तोकेर अनुगमनको योजना तय गर्नुपर्ने स्पष्ट पारे ।

More News last news
Loading...