काठमाडौं उपत्यकामा भोलीदेखि जोर विजोर प्रणाली लागू हुने

काठमाडौं । काठमाडौं उपत्यकाभर भोलीदेखि (मङ्सिर१३ देखि १६ गतेसम्म) ४ दिनका लागि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

राजधानीमा हुन लागेको एसिया प्यासेफिक सम्मेलनलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनका लागि भन्दै बिहीबारदेखि आईतबारसम्म सवारीसाधनमा जोर विजोर प्रणाली कार्यान्वयन गर्न लागेको जनाएको छ ।

Advertisement

उक्त सम्मेलनमा भाग लिन आउने विभिन्न मुलुकका सहभागीहरुको सवारी आवगमनलाई व्यवस्थित गराउन भन्दै ४ दिन लामो जोर विजोर प्रणाली लागू गरिएको हो।

महशाखाका अनुसार १३ गते (बिहीबार) र १५ गते (शनिबार) विजोर नम्बरका सवारी साधनमात्र चल्न पाउनेछन् भने १४गते(शुक्रबार) र १६गते (आईतबार) जोर नम्बरका सवारीसाधनमात्र सञ्चालन गर्न दिइनेछ ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीसाधनहरुमा भने यो प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ।

More News last news
Loading...