विप्लव काठमाडौं आएको तस्बिर भाइरल !

काठमाडौं । मंसिर ८ गते पार्टी पुनर्गठन दिवस पारेर नेत्रविक्रम चन्द विप्लवको नेकपाले काठमाडौंमा सभा गरेर शक्ति प्रदर्शन गरेको थियो ।

त्यो सभामा राज्य, सञ्चार माध्यम र नागरिक समाजले अपेक्षा गरे भन्दा बढी नै जनसहभागिता देखिएको थियो । विप्लवका पक्षमा देखिएको जनमत सानो रहेनछ भन्ने काठमाडौं खाल्डोले अनुभूत गरेको थियो ।

Advertisement

७२ घण्टा नबित्दै विप्लवकै कार्यकर्ताहरुले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बनाए र राज्यलाई चुनौति दिए कि, नेता विप्लव त्यो दिन सभामा थिए । उनी सामान्य सहभागी बनेर कार्यक्रममा छिरे अनि दर्शक र स्रोता बनेर फर्किए ।

सामाजिक सञ्जालमा विप्लवकै कार्यकर्ताले लेखेपछि यसको चर्चा हुने नै भयो । तर यो तस्बिर मंसिर ८ गतेको होइन । दुई महिनाअघि गाउँमा लठ्ठी टेकेर हिँडिरहेका विप्लवको तस्बिर काटेर बनाइएको थियो ।

‘विप्लवलाई लठ्ठी टेकेर हिँड्नै पर्दैन, अर्को कुरा विप्लव काठमाडौं उपत्यकामै छैनन्,’ नेकपा स्रोतले भन्यो, ‘कार्यकर्ताले चर्चा गरेका मात्र हुन्, मंसिर ८ गते विप्लव काठमाडौं आएका थिएनन् । सामाजिक सञ्जालमार्फत राज्यलाई दिने चुनौतिको एउटा कुटनीति चैँ यो तस्बिर थियो ।

को को थिएन त सभामा ?

मंसिर ८ गते भएको सभामा विप्लवका स्थायी समितिका तीन नेता चैँ सहभागी थिए । उनीहरु मञ्चमा पनि आएनन् । वक्ता पनि बनेनन् र कार्यक्रमभर चर्चा पनि भएन । सभामा सामान्य सहभागीका रुपमा आएका तीन नेता थिएः सन्तोष बुढा मगर, हेमन्त प्रकाश ओली सुदर्शन र धमेन्द्र बास्तोला । उनीहरु कार्यक्रममा कतै देखिएनन् । गुपचुप बसे, भाषण सुने, जनसहभागिता हेरे अनि फर्किए ।

More News last news
Loading...