काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याईएको छ । निर्मलाका वुवाले असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो ।
यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो । विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण देखाउँदै उनलाई विमान कम्पनीले लग्न नमानेपछि जिप भाडामा लिएर काठमाडौं ल्याईएको हो ।
यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले काठमाडौं लैजान सुझाव दिएका थिए ।
छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो । निर्मलाको परिवारका सदस्यहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए ।
चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
