नेबिसंघ महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ ।

बिहान घरमै रहेका बेला करिब ६ बजेतीरबाट मुटुमा समस्या देखिएपछि करिब ८ बजे हेम्स अस्पताल धुम्बराहीमा पुर्याइएको र त्यहाँबाट पुनः गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका लागि पुर्याइएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले नयाँपुस्तालाई जानकारी दिए।

Advertisement

काफ्लेको अहिले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अपरेसन भईसकेको र डाक्टरहरुलाई उदृत गर्दै उहाँ खतरामुक्त रहनुभएको भट्टले जनाए । उनको अहिले सिसियूमा राखेर उपचार भइहेको छ।

काफ्लेलाई भेट्न प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल लगायतका काँग्रेस नेताहरु अस्पताल पुगेका छन्।

More News last news
Loading...