काँग्रेस केन्द्रिय समिति बैठक भोली बस्ने

काठमाडौं । पटक पटक मिति तय गरेर पनि सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकको नयाँ मिति फेरि तोकिएको छ ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले कात्तिक २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

Advertisement

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ ।

More News last news
Loading...