काठमाडौं । मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको ७८ वर्षको उमेरमा निधन भएको छ ।
पूर्वमन्त्री, एवं वामपन्थी नेता समेत रहेका तुलाधारको राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित तुलाधरलाई केही महिनाअघि मात्रै अस्पताल भर्ना गरिएको थियो ।
उनका दुई छोरा र दुई छोरी छन् । तुलाधर २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बनेका थिए । २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि उनी मावनअधिकार अभियन्ताका रुपमा चिनिनु भएको हो ।
पञ्चायतकालदेखि राजनीति थाल्नु भएका तुलाधारले २०६२/६३ को जनआन्दोलनमा नेताहरुसँगै आन्दोलनमा सहभागी हुनुभएको थियो । तुलाधरले तत्कालीन माओबादीलार्इ शान्ति प्रक्रियामा ल्याउन सशक्त भूमिका खेलेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
