मन्त्री केशव स्थापितमाथी लाग्यो यस्तो आरोप, मन्त्रीपद नै धरापमा !

काठमाडौं । प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री केशव स्थापितको मन्त्री पद धरापमा परेको छ ।

मन्त्री स्थापितलाई पदबाट हटाउन मुख्यमन्त्री डोरमणि पौडेलले आन्तरिक तयारी थालेको स्रोतको दाबी छ । पदीय जिम्मेवारी पूरा नगरेको, मुख्यमन्त्रीलाई पटक–पटक गाली र अपमान गरेकोलगायतका अरोप मन्त्री स्थापितमाथि लागेको छ ।

Advertisement

यसका साथै उनीमाथि दुई महिला पत्रकार रश्मिला प्रजापति र उज्वला महर्जनले यौन हिंसा गरेको आरोप लगाएका छन् । महिलालाई यौन दुव्र्यवहार गरेको घटनापछि स्थापित विवादमा आएका हुन् ।

मन्त्री स्थापितको कार्यशैलीबारे मुख्यमन्त्री पौडेलले नेकपाका शीर्ष नेतालाईसमेत जानकारी गराइसकेका छन् । मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने प्रयोजनकै लागि आज काठमाडौं आउँन लागेको बुझिएको छ ।

स्रोतका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकमा समेत स्थापितले मुख्यमन्त्री पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएका थिए ।

More News last news
Loading...