स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले भ्रष्ट प्रवृति त्यागे मात्र समुन्नत नेपाल निर्माण सकिने बताएका छन् ।
नेपाल शिक्षक संघ अजुर्नचौपारी गाउँपालिका द्धारा आयोजित शुभकामना आदानप्रदान एव भावी रणनिती योजना र समिक्षा तथा रमाइलो वनभोज कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गुरुङले भने,‘“मुलुकमा पटक पटक राजनैतिक ब्यबस्था परिवर्तन गरे पनि भ्रष्ट प्रवृति परिवर्तन नहुँदा नेपाली जनताले दुःख भोग्नुपरेको छ, जवसम्म भ्रष्टहरुलाई नेता मान्छौ तबसम्म मुलुक समून्न्त बन्न सक्दैन । ”
अहिलेको अवस्थामा पाटि भित्र गुट उपगुट नभनी एक ढिक्का भएर लाग्नुको विकल्प नभएको पनि उनले बताए । कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता राजु थापाले पाटि भित्र विगतमा भएका कमी कमजोरीलाई सुधारेर अगाडी बढ्नुपर्ने बताए । नेकपा सरकार प्रति लक्षित गदै सरकारले विधिको शासन कायम गनुपर्नेमा अहिलेको सरकारको गतिविधिले पन्चायतको झझल्को दिएको समेत आरोप थापाले लगाए ।
उनले भने “ जित पराजित आफ्नो ठाँउमा छ,मैले गरेको प्रतिवद्धता क्रमश पुरा गर्दै गएको छु,नेपाली जनताको हरेक दुःख र सुःखमा म र हाम्रो पाटि नेपाली काँगेस जनताको साथमा छ । ”
कार्यक्रममा नेका महासमिति सदस्य खगेन्द्र राज रेग्मी, महादधिवेशन प्रतिनिधि गोविन्द्र रानाभाट, नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष भरत राज लम्साल, वालिङ न.पा. उपप्रमुख एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारी, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष लक्ष्मी रेग्मी नेपाल तरुण दल क्षत्रिय सभापति कुम बहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
