कुमार बाबु हिताँगा/स्याङ्जा । संविधान सभा सदस्य तथा नेपाली काँग्रेस युवा नेता राजु थापाले प्रविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।
स्याङ्जाको हरिनास गाउँपालिका–२ चिसापानीको महिमा माविमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको समापन कार्यक्रममा बोल्दै नेता थापाले शिक्षा राजनिति भन्दा माथि हुने र प्राविधिक शिक्षा व्यवहारीक शिक्षा भएकाले देशको सर्बागिर्ण बिकासमा यसको योगदान महत्वपूर्ण हुने बताए ।
नेकपाको वर्तमान सरकारप्रति संकेत गर्दै थापाले अहिलेको सरकारले निति गत भन्दा पनि भावनाका कुरा बढी गरेर भावनामा वगेको आरोप लगाए । कार्यक्रममा नेता थापाले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञले उदेश्य राखेको उदेश्य पुरा गर्नका लागि १ लाख ११ हजार १ सय एक रुपैया दान गरेका छन् । कार्यक्रमा नेपाल तरुणदल स्याङ्जा क्षेत्र न १ का सभापति कुम बहादुर गुरुङ, नेविसघ स्याङ्जाका सभापति अजित क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।
महायज्ञको उदघाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले गरेका थिए । महिमा माविमा बहुमुखी क्याम्पस तथा प्राविधिक शिक्षा संचालनका लागि कार्तिक ५ देखि सञ्चालन गरिएको सप्ताह ज्ञान महायज्ञमा २ करोड बढी संकलन भएको आयोजकले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
