सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ ।
बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय रामविलास महतोको ज्यान गएको हो । मृतम महतो काँग्रेस कार्यकर्ता भएको बुझिएको छ । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।
घाइते लिन गएको एम्बुलेन्समा समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार नेकपा कार्यकर्ताले रामनगर ४ का वडाअध्यक्ष रामनरेश महतोलाई हातपात गरेको विषयमा झगडा भएको थियो। रामनरेश कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन्।
नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमासमेत तोडफोड गरेका छन् । त्यस स्थानमा केही बेर अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठाइएको छ । यस बिषयमा थप विवरण आउन बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
