काठमाडौं । काठमाडौँको जोरपाटीमा साँस्कृतिक युवा समूहले दशैँ, तिहार लगायत नेपालीहरुको विशेष पर्वको अवसर पारी अपांगता भएका व्यक्तिहरुबीच शुभकामना आदानप्रदान तथा भोजन कार्यक्रम सम्पन्न गरेको छ।
सो समुहले शनिबार जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रको हलमा ७० भन्दा बढी अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क भोजन सहित साँस्कृतिक मनोरञ्जनात्म कार्यक्रम आयोजना गरेको हो।

विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु, समाजसेवी, शिक्षक, कलाकार, सञ्चारकर्मीहरुको सहभागीतामा आयोजित उक्त कार्यक्रममा शारीरिक अपांगता र मानसिक रुपमा असक्षम व्यक्तिहरुलाई अतिथिहरुले खाना खुवाएका थिए।

आत्मीय सम्बन्ध स्थापित गराउन अपांगता भएका व्यक्तिहरुको मनोबल बढाउने उद्देश्यले आयोजना गरिएको त्यस कार्यक्रममा प्रमूख अतिथि समेत रहेका समाजसेवी सुर्वण बैद्यले आफु लामो समयदेखि दिनदुःखीहरुको सेवा गर्दै आएको स्मरण गराउदैं साँस्कृतिक युवा समूहले गरेको कार्यले अपांगता भएका र असाहय व्यक्तिहरुलाई आत्माविश्वास बढ्ने बताए।

कार्यक्रममा बोल्दै कार्यक्रममा सभापति तथा साँस्कृतिक युवा समूहका अध्यक्ष बेचन लामाले अशक्त, असहाय, सडक बालबालिका तथा अपांगता भएका व्यक्तिहरुलाई एक दिनभएपनि खूशी दिन सकियोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)