ओली सरकारलाई अर्को झड्का, सत्तापक्षकै बिद्यार्थी संगठन अनेरास्ववियु सडकमा !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट बलियो विद्यार्थी संगठन अनेरास्ववियु सरकारबिरुद्ध प्रदर्शनमा उत्रिएको छ ।

अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गर्दै प्रदर्शमा उत्रिएको हो ।
काठमाडौंको सरस्वती क्याम्पसमा शुक्रबार विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले शनिबार दिउँसोसम्ममा एसपी डिल्लीराज बिष्टलगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न माग गरेको हो ।

Advertisement

यस्तै, हत्या, हिंसा, बलात्कार लगायत अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै नयाँ शक्ति पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । घटनाको लामो समयसम्म पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै प्रदर्शन हुन थालेपछि सरकार दबाबमा परेको छ ।

More News last news
Loading...