काठमाडौं । सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएसँगै पत्रकार राजु बस्नेत रिहा भएका छन् ।
यसअघि कागज गर्न र मेडिकल टेस्ट बाँकी रहेको भन्दै पत्रकार बस्नेतलाई सर्वोच्च अदालतबाट महानगरीय प्रहरी परिसर ललितपुर ल्याइएको थियो । बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले पत्रकार बस्नेतलाई पक्राउ गरिराख्न नपर्ने आदेश दिएको हो ।
सर्वोच्चले महानगरीय प्रहर परिसर ललितपुर जावलाखेललाई पक्राउ गर्नुको कारणसहित उपस्थित हुन पनि आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि आफूहरुले पत्रकार बस्नेतलाई रिहा गरेको महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेल प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।
केही दिनअघि बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै समाचार प्रकाशन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
