सांसदले भने : पैसा तिरेर विषादी खानुपरेको छ

काठमाडौं । सांसदहरुले गुणस्तरहीन र मिसावट खाद्य सामाग्री बिक्री गर्नेलाई कडा कारवाहीको व्यवस्थासहित अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था ऐनमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उपभोक्ता संरक्षण विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले हरेक व्यक्तिलाई न्याय दिने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने माग गरेका हुन् ।

Advertisement

पैसा तिरेर विषादी खानुपर्ने अवस्थाको दीर्घकालीन अन्त्य गर्नुको साथै उपभोक्ता ठग्ने हिम्मत पनि गर्न नसक्ने गरी दण्ड सजायको व्यवस्था गर्न उनीहरुले सुझाएका छन् ।

सांसद कृष्णभक्त पोखरेलले विधेयकले उपभोक्ता अधिकार प्रत्याभूतिका लागि धेरै प्रतिवद्धता जनाउनुको साथै वस्तु वा सेवाको सुनिश्चिता पनि गरेकाले राम्रो रहेको भन्दै प्रभावकारी कार्यान्वयनको आधार तयार पार्न सुझाव दिए ।

सांसद प्रेम सुवालले विधेयकमा पीडित उपभोक्तालाई पीडकबाटै क्षतिपुर्ति भराउने भनी उल्लेख गरिनुपर्ने तथा सूचना दिने जनताको कर्तव्य भएकाले पुरस्कारको व्यवस्था गर्दा कर्मचारी गैरजिम्मेवार हुने भएकाले कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने व्यवस्था गरिनुपर्ने सुझाव दिए ।

 

More News last news
Loading...