पोखरादेखि काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो ✍️ नयाँपुस्ता डटकम ११ श्रावण २०७५, शुक्रबार १२:५१ काठमाडौं । पोखराबाट काठमाडौंका लागि छुटेको बस त्रिशुली नदीमा खसेको छ । मुग्लिन र कुरिनटारको बीचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । Advertisement ना ६ ख २५०६ नम्बरको बस नदीमा खसेको र अहिले घटनास्थलमा सुरक्षाकर्मी गएको छ । यस घटनाको थप विवरण आउन बाँकी छ ।