काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कानुनमन्त्री शेरबहादुर तामाङको वर्खास्तको माग गरेको छ ।
आज नेपाली काँग्रेस संसदीय दल प्रतिनिधि सभाकी सचेतक पुष्पा भुषाल तथा राष्ट्रिय सभाकी प्रमुख सचेतक सरिता प्रसाईंले संयुक्त बिज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा अध्ययन गर्न वंगलादेश पुगेका नेपाली छात्राहरुप्रति अस्मितामा आँच आउने गरी अशोभनीय अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तामाङको वर्खास्तको माग गरेको हो ।
‘सार्क क्षेत्रका छिमेकी मित्रराष्ट्र वंगलादेशसँग नेपालको निकटतम् सम्बन्धमा समेत यस्तो कार्यले प्रतिकूल प्रभाव पार्ने देखिन्छ । उक्त कार्यप्रति हामी क्षोभ प्रकट गर्दछौं र निन्दा गर्दछौं ।
तसर्थ कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई मन्त्री पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री समक्ष हामी जोडदार माग गर्दछौं ।’,
कानुनमन्त्री तामाङले एक कार्यक्रममा बंंगलादेशमा पढ्न जाने हाम्रा छोरी, चेलीहरूले डाक्टरको सर्टिफिकेट लिन कहीँ न कहीँ आफूलाई बेच्नुपरेको सुनेको भन्दै आफूलाई नसुम्पीकन सर्टिफिकेट पाउँदैनन्, भनेका थिए ।
यस बिषयमा मन्त्री तामाङले एक बिज्ञप्ति मार्फत माफी मागिसकेका छन् ।
हेर्नुहोस बिज्ञप्ति :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
