भारतका लागि निलकण्ठ उप्रेती राजदूतमा सिफारिश

काठमाडौं । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिश गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई राजदूतमा सिफारिश गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

Advertisement

उप्रेती दोस्रो संविधानसभा चुनाव हुँदा प्रमुख निर्वाचन आयुक्त थिए । यसअघि भारतमा राजदूत रहेका दीपकुमार उपाध्याय गत चुनावमा राजीनामा दिएर नेपाल फर्किएका थिए ।

आजको मन्त्रिपरिषद् बैठकले मलेसियाको राजदूतमा उदयराज पाण्डेलाई सिफारिश गरेको छ। पाण्डे यसअघि पनि राजदूत भइसकेका छन् ।

More News last news
Loading...