कृष्ण पहाडीसहित २ दर्जन मानवअधिकारकर्मीहरु पक्राउ

काठमाडौ। संसद भवन अगाडिबाट कृष्ण पहाडीसहित दुई दर्जन भन्दा बढी मानवअधिकारकर्मीहरु गिरफ्तार भएका छन् । सोमबार दिउँसो संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका मावअधिकारकर्मीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो । सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले संसद भवनको पश्चिम क्षेत्रमा प्रदर्शन गरेको थियो ।

धर्नाबाट प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर,   नानीकाजी गिरी, मुरारी फुयाल, सुकदेव अधिकारी लगायत दुई दर्जन भन्दा बढीलाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

More News last news
Loading...