आलमलाई पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टी कार्यालयमा अध्यक्षद्वयले स्वर्गीय आलमको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएका थिए ।

Advertisement

५३ वर्षीय आलमलाई बिहीबार गृह जिल्ला रौतहटमा बेला हृदयाघात भएपछि उपचारका लागि बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा अस्पतालमै शुक्रबार आलमको निधन भएको थियो ।

शुक्रबार बिहान मात्र आलमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए ।

श्रद्धाञ्जलीका लागि आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्‍य जारी गर्दै आलमको निधनप्रति दुःख व्यक्त गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

तत्कालिन विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक्का सांसद आलम केपी ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

More News last news
Loading...