कान्तिपुरको प्रधान सम्पादकमा वाग्ले नियुक्त

काठमाडौँ । कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् ।

कान्तिपुर मिडिया गुप्रका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरेका हुन् ।

Advertisement

सिरोहियाले शुक्रबार नै प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको समेत जानकारी गराए । शर्मा १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहे ।

स्थापनाकालमा समेत कान्तिपुरसँग आबद्ध वाग्ले विसं २०६५ छाड्नुअघि पाँच वर्ष कान्तिपुर दैनिकको सम्पादक थिए । उनी नागरिक दैनिकमा समेत प्रधानसम्पादक थिए ।

More News last news
Loading...