काठमाडौं । नेकपाकी सांसद नविना लामाले पक्राउ परेका गुण्डा नाइकेलाई छुटाएकी छन् ।
गुण्डा नाइके सत्यमान लामालाई सांसद लामाको दवावमा शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले रिहा गरेको हो । बिहीबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका सत्यमानलाई लामाको दवावपछि उनकै जिम्मा लगाएर प्रहरी पठाएको हो ।
लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको भएपनि रिहा गरिएको हो ।
नबिना र सत्यमानबीच दाइ–बहिनीको सम्बन्ध रहेको बुझिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
