केसीको स्वास्थ्य अवस्था थप जटिल, काठमाडौं नआएसम्म वार्ता टोली नबनाउने सरकारको अडान

काठमाडौं । जुम्लामा अनसनरत डा.गोविन्द केसी काठमाडौं नआए वार्ता टोली नै नबनाउने सरकारले अडान लिएको छ ।

१२ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई हेलिकोप्टरमार्फत आज काठमाडौं ल्याउने सरकारको तयारी थियो ।

Advertisement

यसका लागि मिर्गौला रोग विशेषज्ञ डा.दिव्या सिंहसहितको सरकारी टोलीले नेपाली सेनाको हेलिकप्टरसमेत तयारी अवस्थामा राखेको थियो । तर नेपाल चिकित्सक संघले डा. केसी आउन नमानेको भन्दै सरकारी टोलीसँग जुम्ला जान अस्वीकार गरेपछि सरकारको प्रयास असफल भएको हो ।

माग सम्बोधन गर्नका लागि वार्ता टोली नै नबनाइएको ले डा.केसी काठमाडौं आउन नमान्नुभएको संघले जनाएको छ ।

यसअघि पनि उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दुई जना चिकित्सकलाई डा.केसीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्न जुम्ला पठाएको थियो । तर डा.केसीले उनीहरुलाई आफ्नो स्वास्थ्य जाँच गर्न समेत दिएनन् ।

More News last news
Loading...