काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा युवा नेता रविन्द्र अधिकारीले पत्रकारमाथी दुरव्यबहार गरेका छन् ।
सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा अन्तर्वार्ता दिने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार मदन खातीमाथी दुरव्यवहार गरेका हुन् । पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुको साटो मन्त्री अधिकारी पत्रकारको माइक खोस्न र फाल्नमा उत्रिए ।
अधिकारीले ह्वाइट बडी विमान खरिदको भ्रष्टाचारका विषयमा सोधिएको प्रश्नको जवाफ नदिएर माइकलाई खोस्न खाज्दै ‘साना साना कुराको जवाफ मन्त्रीले दिने होइन’ भन्दै कुर्सीबाट जुरुक्क उठेका छन् । पत्रकार खातीले ह्वाइटबडी विमान खरिदमा भएको अनियमितताका विषयमा प्रश्न सोधेका थिए ।
भिडियोमा अधिकारीले जवाफ दिनुको साटो पत्रकारलाई कोठाबाट बाहिर जान संकेत समेत गरेका छन् । नेपाल वायुसेवा निगमले ल्याएको ह्वाइट बडी विमान खरिदका बेला सार्वजनिक खरिद ऐन उल्लंघन गरेको भन्दै धेरैले आलोचना गर्दै आएका छन् ।
भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
