इटहरी । विप्लव नेतृत्वको नेकपा माओवादी समुहका एक नेतालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ । एक नंम्बर प्रदेश प्रहरी कार्यालयको बिशेष टोली र इटहरी प्रहरीको संयुक्त टोलीले इटहरी २० बाट प्रदेश स्तरिय नेता सन्तोष बिष्टलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनको बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
