पोखरामा एक सातामा १५ जना गुन्डा पक्राउ, को-को परे पक्राउ ?

पोखरा । कास्की प्रहरीले १५ जना टोले गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न व्यक्तिलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले टोले गुण्डा नाइके लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ, स्याङजा रापाकोट घर भइ पोखरा १७ घारीपाटन बस्ने चन्द्र गुरुङ, पोखरा ९ नयाबजारका शनिराज डंगोल, पोखरा ११ का सुमन श्रेष्ठ, स्याङजा पुतलीबजार नगरपालिका ७ लुम्छाकका पुनम गुरुङ र प्रकाश गुरुङ, म्याग्दी अन्नपूर्ण गाउपाकिा १ दोवाका धन कुमार पुर्जा, कास्की भरतपोखरीका महेश छोटा भन्ने महेश अर्याल, पोखरा बिरौटाका सुजन लामा, पोखरा १४ काजी पोखरीका जिवन थापा र बिजय गुरुङ, पोखरा १७ छोरेपाटनका नबिन गुरुङ, पोखरा लेकसाइडका बिजय रानाभाट, पोखरा अर्चलबोटका रोहित सुनार र पोखरा बाग्लुङ वसपार्कका रोहित गुरुङ रहेका छन् ।

Advertisement

पक्राउ परेका टोले गुण्डाहरुलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गरिने कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले बताए ।

कास्कीमा गुण्डा अप्रेशन सुरु भएको वताउदै यसअघिपनि सानातिना हप्ता असुल्ने टोले गुण्डाहरुलाई पक्राउ गरिएको भएतापनि आगामी दिनमा ठूला ठूला गुण्डाहरुलाई समेत पक्राउ गर्न कास्की प्रहरीले अभियान नै सञ्चालन गर्ने रानाले वताएका छन् ।

More News last news
Loading...