काठमाडौं । भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ ।
नेपाल-भारत विद्युत आदान प्रदान समिति (पीइसी)को बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्तावलाई नेपाली टोलीले अस्वीकार गरेको छ ।नयाँ दिल्लीमा हालै सम्पन्न बैठकमा भारतले १५ देखि २० प्रतिशतसम्म मूल्य बढाउने प्रस्ताव गरेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नयाँ दरमा बिजुली किन्न नसकिने जवाफ दिएका छन् ।
समितिको अर्को बैठक फेरि ३ महिनाभित्रै बस्ने निर्णय भएको छ ।
सन् २०११ बाट बस्न नसकेको समितिको बैठक गतवर्ष मात्रै बसेको थियो, जसले वर्षपिच्छे स्वतः मूल्य बढ्दै जाने गरी पूर्वसहमति सच्याएको थियो ।
यो वर्ष भारत आफैंले मूल्य बढाउन प्रस्ताव गरेपछि नेपाली प्रतिनिधि मण्डल त्यसलाई अस्वीकार गरेर फर्किएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
