केसीका माग सम्बोधन गर्न माग गर्दै चिकित्सक संघद्वारा विरोध कार्यक्रम घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वरिष्ठ चिकित्सक केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन शुक्रबारदेखिनै लागू हुनेगरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै संसदमा ल्याउन र वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै आफूहरूले सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको संघले बताएको छ ।

Advertisement

आन्दोलनको कार्यक्रम अनुसार शुक्रबारदेखि नै देशभरका सबै चिकित्सकहरूलाई कालोपटी बाँधेर काम गर्न आह्वान गरिएको छ । संघले वरिष्ठ चिकित्सक केसीसँग विगतमा गरिएका सहमति ७२ घण्टा भित्र सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ।

विगतका सरकारले वरिष्ठ चिकित्सक केसीसँग पटक–पटक गरेको सहमति ७२ घण्टाभित्र सम्बोधन नभए आफूहरू दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने संघले बताएको छ । संघले जुम्लामा आमरण अनसन बसेका वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझ्न उपाध्यक्ष डा.ढुण्डीराज पौडेल र सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीलाई अनसनस्थल पठाउने निर्णय पनि गरेको छ ।

More News last news
Loading...