सशस्त्रका ५ जना एआईजीले राजीनामा दिए

काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको नियुक्ति खारेज गर्ने निर्णयसँगै सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन् ।

देउवा सरकारले एआईजीमा बढुवा गरेका जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, राजेश श्रेष्ठ र खडानन्द चौधरीले सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा बुझाएका हुन् ।

Advertisement

गृहमन्त्रालयले उनीहरुको राजीनामा मन्त्रिपरिषद्समक्ष पेश गर्ने प्रवक्ता रामकृष्ण रेग्मीले जानकारी दिए ।

More News last news
Loading...