काठमाडौं । पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गत भदौ १४ गतेदेखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्तिका निर्णय सरकारले फिर्ता लिएको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभा चुनावको आचारसंहिता लागू भएपछि गरेका सबै निर्णय फिर्ता लिइएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिलसिलामा निर्वाचन आयोगबाट चुनाव आचारसंहिता लागू भएपछि र वर्तमान सरकार गठन हुनुभन्दा अगाडि सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कम्पनी, बैंक जस्ता संस्थामा मन्त्रिपरिषद र मन्त्री स्तरबाट भएका सबै राजनीतिक नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय भएको छ, बाँस्कोटाले भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
