काठमाडौं । सरकार विरुद्ध सदन र सडकमा आक्रमक हुन थालेको विपक्षी काँग्रेसको भादृ संगठन नेपाल बिद्यार्थी संघले आज माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ ।
आक्रोसित विधार्थी कार्यकर्ता निषेधित क्षेत्र तोडेपछि प्रहरीले पनि लाठी चार्ज गरेको छ । माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल समेत सहभागी थिए ।
शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा कांग्रेस संसदीय दलले आपत्ती प्रकट गर्दै सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा समेत गर्ने निर्णय गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
