काँग्रेसले बोलायो संसदीय दलको वैठक, कस्तो गर्ला निर्णय ?

काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बुधवार बिहान १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले बताए । बैठकमा समसामयीक विषयका साथै काँग्रेसले संसदमा खेल्नुपर्ने भुमिकाका बारेमा छलफल हुने बताइएको छ ।

Advertisement

पछिल्लो समय काँग्रेसले प्रमुख प्रतिपक्षको भुमिका प्रभावकारी बनाउन नसकेको भन्दै पार्टीभित्रै आलोचना बढ्दै गएको सन्दर्भमा बैठकले केहि ठोस निर्णय लिने आशा गरिएको छ ।

More News last news
Loading...