दोस्रोपटक भाग्यमानी बने राष्ट्रिय सभा सदस्य पन्थ, सांसद पद ६ बर्षे कायम

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका प्रकाश पन्थको कार्यकाल ६ बर्षे कायम भएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रियसभा सदस्यहरु गोला तानिरहेका छन् । जसअनुसार प्रदेश नं ४ मा अपागं कोटाबाट राष्ट्रिय सभा सदस्यमा पन्थ निर्विरोध निर्वाचित भएका थिए ।

Advertisement

प्रदेश नं ४ को तर्फबाट अपांगतातर्फ राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका स्याङजाका रामबहादुर थापाको उम्मेदवारी खारेज भएसँगै भाग्यमानी पन्थ पुनः द्रोसो पटक भाग्यमानी बनेका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७४ बमोजिम अपाङ्ता कोटामा उम्मेदवार हुन थापाले पेश गरेको परिचय पत्र प्रचलित कानूनि व्यवस्था बमोजिम नभएको भन्दै उनको उम्मेद्वारी खारेज गरेको थियो ।

यदि अपाङ्ता कोटामा थापाको उम्मेद्वारी खारेज नभएको भए पन्थ विजयी हुने सम्भावना थिएन् । उनको यो ६ बर्षे कार्यकालसँगै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रिय सभामा एक सिट सुरक्षित गरेको छ ।

More News last news
Loading...