काठमाडौं । नेपाल विद्यार्थी संघ थापाथली इन्जिनियरिङ क्याम्पस इकाई समितिमा सागर गुरुङ सर्वसम्मत चयन भएका छन् ।
नेविसंघको विधान २०२७ छैटौं संशोधन २०७३ को धारा २० अनुरुप पूर्व इकाई समिति स्वंत भंग भएको घोषणासहित गुरुङको सभापतित्वमा ५१ सदस्यीय ईकाई समिति सर्वसम्मत चयन भएको हो ।
जसको बरिष्ठ उपाध्यक्ष अजय धलान सहित ९ उपाध्यक्ष, सचिवमा जनक भुषाल र नितेस खतिवडा र कोषाध्यक्षमा संस्कृती कुवँर रहेका छन् । केन्द्रदेखि क्याम्पस इकाईसम्म व्यापक विवाद देखिएको नेविसंघ थापाथलीमा भने केन्द्रिय समितिकै रोहबरमा सर्वसम्मत रुपमा समिति बनेको हो । 
थापाथलीका विधार्थीहरुको व्यापक भेलासहित नयाँ नेतृत्व सर्वसम्मत चयन भएसँगै यसअघिको नारायण कुमार घिमिरे नेतृत्वको इकाई समिति स्वंत भंग भएको छ ।
स्याङ्जा स्थायी घर भई २०६६ सालदेखि नेविसंघमा सक्रिय रहेका गुरुङले नेविसंघ इकाई वरिष्ठ उपाध्यक्ष, नेविसंघ स्याङ्जा काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष समेत भई संगठनमा सक्रियताका साथ काम गरिसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
