काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा राँके जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।
राके जुलुस निकाल्ने क्रममा प्रहरीको हस्तक्षेपबाट नेविसंघका टिका भण्डारी र सञ्जिव ढकाल घाइते भएका नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले बताए । केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य ३ ३ रुपैयाँ वृद्धि गरेकोे थियो ।

राँके जुलुस निकाल्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रहरीको आँखा छल्दै नेविसंघले राँके जुलुस निकालेको हो । हाल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ।
पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । उपत्यकाको जमल, बागबजार ,मैतिदेबी बाट राकेजुलुस निस्केको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
