त्रिशूलीमा ट्रक खस्यो, दुई जना बेपत्ता

धादिङ . – पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो।

Advertisement

नदीमा परेर सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलाल हराइरहेका छन्।

नदीमा ट्रकसमेत डुबेको अवस्था छ । सो दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी भइरहे पनि नदी बढेकाले कठिनाइ भएको प्रहरीले जनाएको छ।

More News last news
Loading...