महँगीको बिरुद्धमा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघले बिहीबार ललितपुरको पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

नेपाल विद्यार्थी संघ, पाटन संयुक्त क्याम्पस इकाई समितिको आह्वानमा मूल्य वृद्धिको विरोध गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो ।

Advertisement

जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दबाबस्वरुप प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नु परेको संघका पाटन संयुक्त क्याम्पस इकाई समितिका नेता तारा शर्माले जानकारी दिनु भयो ।

त्यस क्रममा संघका विद्यार्थी नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नगरे सरकारविरुद्ध अझै कडा आन्दोलनमा जान बाध्य हुने चेनावनीसहित चर्का नाराबाजी गरेका थिए ।

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन बाध्य बनाउने दावी समेत गरेका छन् ।

More News last news
Loading...