काठमाडौं । ‘विश्व वातावरण दिवस’ मंगलबार विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसको अवसरमा प्रधानमन्त्री कार्यालयको पुरानो भवन अगाडि प्रधानमन्त्री केपी ओलीले यहाँ बिरुवा रोपेर मरुभूमीमा अक्सिजन पठाउनुपर्ने बताएका छन् ।
हरेक व्यक्तिले कम्तिमा पनि एउटा फलफुल रोप्नुपर्नेमा उनले जोड दिए । ‘प्रत्येक व्यक्तिले एउटा विरुवा रोप्ने भन्नुको तात्पर्य एउटा मात्र रोप्नु होइन, कम्तिमा एउटा रोप्नु हो’ उनले भने, ‘अझ बिरुवामा पनि फलफुलको विरुवा रोपेमा बढी प्रभावकारी हुन्छ ।’
विभिन्न मन्त्रीहरुले पनि कार्यालय अगाडि विरुवा रोपेर वातावरण दिवस मनाएका छन् ।
सँगै नेपाल आर्मी, नेपाल प्रहरी, मन्त्रालयका पदाधिकारी लगायतले पनि संयुक्त रुपमा सिंहदरबार भित्र कार्यालय अगाडि वृक्षारोपण गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
