काठमाडौं । सरकारले ६ नयाँ सहसचिवको पदस्थापन गरेको छ । यातायात व्यवस्था विभागमा रहेर सिन्डिकेट अन्त्य गर्न भूमिका खेलेका टोकराज पाण्डेलाई कलैया उपमहानगरपालिकाको प्रशासकीय अधिकृत तोकिएको छ ।
त्यसैगरी रुद्रादेवी शर्मालाई प्रदेश नम्बर ३को मुख्यमन्त्रीको कार्यलयमा पठाइएको छ । यस्तै मुक्ति पाण्डेलाई प्रदेश नम्बर ४को आर्थिक मामिला मन्त्रालयमा तोकिएको छ ।
गोगन हमाल प्रदेश नम्बर ७ को समाजिक विकस मन्त्रालयमा जानेछन् । आनन्द सारुलाई तुलसीपुर उपहमहारपालिका र सन्तबहादुर सुनार धनगढी उपहमानगरपालिककको प्रशासशीय अधिकृत तोकिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
