काठमाडौं । प्रधानमन्त्री केपी ओली असार पाँच गते चीन भ्रमणमा जाने भएका छ । उनी असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीन जाने बताइएको छ।
सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन्।
नेपाली पक्षले बुधबार भ्रमण मितिमा सहमति जनाएपछि विस्तृत कार्यक्रम पनि चीनले बुधबारै पठाइसकेको छ।
ओली चीन भ्रमणका क्रममा सिचुवान पनि पुग्ने भएका छन् । ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
